आगामी शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी « Khabarhub

आगामी शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको छ ।

अबको एक हप्तापछि संसोधित नियमावली छापिएर आएपछि कोरोना जस्ता महामारीमा नेपाल सरकारले शैक्षिक सत्रलाई कसरी र कहिलेबाट सुरू गर्ने भन्ने कुराको उल्लेख हुने शिक्षा मन्त्रालयका एक कर्मचारीले बताए ।

उनले भने, ‘आगामी शैक्षिक सत्रालाई असारबाट सुरू गर्नेगरी शिक्षा मन्त्रालयले तयारी गरिरहेको छ । शिक्षा मन्त्रालयले शैक्षिक सत्रलाई आगामी असारबाट सुरू गर्ने तयारी गरेसँगै यो वर्षको शैक्षिक सत्र लम्बिने पक्कमा भएको छ ।’

कोभिड–१९ का कारण अस्तव्यस्त बनेको शिक्षा क्षेत्रले कोरोना संक्रमण न्यून भएसँगै पुरानै लय समात्ने मन्त्रालयको विश्वास छ ।

एसईई जेठमा हुने

सरकारले आगामी असारबाट नयाँ शैक्षिक सत्र सुरू गरे यस वर्षको एसईई परीक्षा आगमी जेठ महीनामा हुने राष्ट्रिय परीक्षा बोर्डका (माध्यामिक शिक्षा) परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

उनले भने, ‘एसईईको परीक्षा राष्ट्रिय स्तरबाट गर्ने निर्णय भएको सुन्नमा आएको छ । तर हामीलाई शिक्षा मन्त्रालयले निर्णय भने पठाइसकेको छैन् ।’

‘आगमी शैक्षिक सत्र पनि असारबाट हुन्छ भन्ने कुरा सुन्नमा आएको छ,’ उनले भने ।

परीक्षाको लागि प्रश्नपत्र छाप्ने, परीक्षा केन्द्र तोक्ने लगायत विभिन्न काम गर्नको लागि कम्तिमा पनि तीन महीना लाग्ने भएका कारण एसईई आगामी वर्षको जेठ सम्ममा हुने उनको भनाइ छ ।

उनले भने, ‘शिक्षा मन्त्रालयले एसईई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेपनि राष्ट्रियस्तरमा परीक्षा हुने भएपछि हामी त्यसको तयारी गरिरहेका छौँ ।’

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १ : ५० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज