कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन, बदलिँदो राजनीतिक सत्ता समीकरणलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसले आजै जनता समाजवादी पार्टी नेपालसँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्दैछ । सभापति देउवा निवासमा अपराह्न ४ बजे कांग्रेस र जसपा नेपालका शीर्ष नेताबीच समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्चले नै यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १ : २१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र