साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ « Khabarhub

साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विष्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले चार जना व्यक्तिलाई कच्चा युरेनियमसहित पक्राउ गरेको जानकारी दिए ।

साढे दुई किलो युरेनियमसहित उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको पालले जानकारी दिए ।

युरेनियम बौद्धमा भण्डारण गरिराखेको अवस्थामा बरामद भएको उनले बताए ।

पालका अनुसार जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ। पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको बताएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, रामेछापकै बागजोरका २० वर्षीय प्रकाश चौहान र २० वर्षीय सिन्धुलीका मनोज न्यौपाने रहेका छन्।

पक्राउ परेका चारै जनामाथि विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र