एमालेमा महासचिवबाहेक सबै पद खारेज, मंसिरमा महाधिवेशन « Khabarhub

एमालेमा महासचिवबाहेक सबै पद खारेज, मंसिरमा महाधिवेशन

माओवादीबाट आएका २३ जना केद्रीय सदस्यमा नियुक्त, नेपाल पक्षका नेताको जिम्मेवारी खोसियो


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ। अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले आफू पक्षीय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका हुन् ।

यसैगरी बैठकले पूर्व माओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। बैठकले पूर्व माओवादी केन्द्र पक्षका २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्त गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए।

नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसियो

बैठकले बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादललाई तोकेको छ ।  त्यसैगरी विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति गरिएको छ । उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।

त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।

प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको भनाइ छ।

सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिदा नेपाल समूह एमालेमै फर्किए पनि ओलीले उनीहरुसँग छलफल गरेका छैनन् । ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका हुन् ।

 केन्द्रीय सदस्यमा मनोनित  २३ जनाको सूची 

१.रामबहादुर थापा ‘बादल’

२. लेखराज भट्ट

३. टोपबहादुर रायमाझी

४. मणिचन्द्र थापा

५. प्रभु साह

६. टंक आङ्बुहाङ

७.पासाङ शेर्पा

८.ज्वाला शाह

९.टेकबहादुर बलम्पाकी

१०.कमल चौलागाईं

११.मनोज थापा

१२.विषमलाल अधिकारी

१३.लीलाबहादुर थापा

१४.दधिराम न्यौपाने

१५.गिरधारी लाल

१६. चन्द्रबहादुर खड्का

१७. झपट बोहोरा

१८. दावा लामा

१९. गौरीशंकर चौधरी

२०. धर्मराज रेग्मी

२१.नवीन रोक्का

२२. दिनेश पन्थी

२३. डम्बर बिष्ट

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ४५ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन