नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसियो, ‘बादल’ बने बाग्मती प्रदेश इन्चार्ज « Khabarhub

नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसियो, ‘बादल’ बने बाग्मती प्रदेश इन्चार्ज


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १ को नयाँ इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई बनाउने निर्णय गरेको हो।

भट्टलाई भीम रावलले सम्हालिरहेको जिम्मेवारी दिइएको छ भने अष्टलक्ष्मी शाक्य हटाएर रामबहादुर थापा बादललाई ल्याइएको छ।

बैठकले रामबहादुर थापा ‘बादल’सहित २३ जना माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ। त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। बैठकले आउँदो मंसिर २ देखि ६ सम्म महाधिवेशनको मिति पनि तोकेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ३२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र