सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगे जसपाका नेताहरु « Khabarhub

सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगे जसपाका नेताहरु


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच वार्ता शुरू भएको छ ।

वार्ताका लागि जसपाका नेताहरू सभापति देउवाको बूढानीलकण्ठ निवास पुगेका छन् ।

देउवा भेट्न जसपा नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर पुगेका छन् । बाबुराम र उपेन्द्र एउटै गाडी चढेर पुगेका थिए ।

जसपाले सत्ता सहकार्यका लागि सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता, संविधान संशोधनलगायतका एजेण्डालाई शर्त बनाएको छ ।

जसपाका नेताहरूले हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । हिजो प्रधानमन्त्रीसँगको वार्तामा भने बाबुराम भट्टराई सहभागी थिएनन् ।

कांग्रेसले भने सम्भावित समीकरणबारे आफ्नो धारणा खुलाइसकेको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ४३ बजे

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा