सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगे जसपाका नेताहरु « Khabarhub

सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगे जसपाका नेताहरु


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच वार्ता शुरू भएको छ ।

वार्ताका लागि जसपाका नेताहरू सभापति देउवाको बूढानीलकण्ठ निवास पुगेका छन् ।

देउवा भेट्न जसपा नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर पुगेका छन् । बाबुराम र उपेन्द्र एउटै गाडी चढेर पुगेका थिए ।

जसपाले सत्ता सहकार्यका लागि सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता, संविधान संशोधनलगायतका एजेण्डालाई शर्त बनाएको छ ।

जसपाका नेताहरूले हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । हिजो प्रधानमन्त्रीसँगको वार्तामा भने बाबुराम भट्टराई सहभागी थिएनन् ।

कांग्रेसले भने सम्भावित समीकरणबारे आफ्नो धारणा खुलाइसकेको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ४३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र