मातृभाषालाई सरकारी कामकाजको भाषासरह मान्यता दिन माग राख्दै ललितपुरमा मार्चपास « Khabarhub

मातृभाषालाई सरकारी कामकाजको भाषासरह मान्यता दिन माग राख्दै ललितपुरमा मार्चपास


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भाषिक प्रतिगमनविरुद्ध ललितपुर महानगरपालिकाको पुल्चोकदेखि मंगलबजारसम्म ‘मातृभाषा मार्च’ भएको छ ।

शुक्रबार दिउँसो भएको मार्च पासमा सहभागीले फरक–फरक भाषामा नाराहरू लेखिएका ब्यानरसहित मातृभाषालाई सरकारी कामकाजको भाषासरह मान्यता दिन माग गरे ।

जनकवि दुर्गालाल श्रेष्ठको कविता ‘जातिको ज्यान हो भाषा’ एकसाथ वाचन गर्दै भाषिक दमनको विरोधमा अभियन्ताहरूले ‘मातृभाषा मार्च’ गरेका हुन् ।

दुई साताअघि बालाजु प्रहरी वृत्तमा मातृभाषा बोलेकै कारण पक्राउ परेका अभियन्ता सुमन सायमी पनि शुक्रबारको मार्चमा सहभागी थिए । लेखक खगेन्द्र संग्रौला, तुलानारायण शाह, अमृत योन्जन, अरुणदेव जोशी, बालकृष्ण माबुहाङलगायत अभियन्ताहरू पनि मातृभाषा मार्चमा उपस्थित रहे ।

नेपाल मातृभाषाका ८४ वर्षीय जनकवि श्रेष्ठको कविता वाचन गर्दै अभियन्ताहरु पुलचोकदेखि मंगलबजार पुगे । मंगलबजारमा कोणसभामा परिणत भएको प्रदर्शनमा कविता वाचन, मन्तव्य र नाराहरू प्रस्तुत गरिएको थियो ।

बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार संघर्ष समिति, भाषिक अधिकार संघर्ष समिति, आदिवासी जनजाति महासंघलगायत एक दर्जन संस्थाले एकीकृत मार्च गर्ने तयारीअनुसार मातृभाषा मार्च भएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र