दर्ता नगरी व्यवासय सञ्चालन « Khabarhub

दर्ता नगरी व्यवासय सञ्चालन


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट- हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् ।

आइतबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो ।

आइतबार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल, पसल र फ्रेश हाउसको अनुगमन गर्दा अधिकांश दर्ता नगरेको पाइएको सुर्खेतबाट हुम्ला पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए ।

घरेलु, उद्योग वाणिज्य सङ्घमा दर्ता नगरेका व्यवसायीलाई पहिलोपटक चेतावनी दिइएको र आगामी दिन दर्ता प्रक्रिया पूरा नगरे त्यस्ता व्यवसायलाई सिल गर्ने उनले बताए ।

सिमकोट बजार अनुगमन गर्ने क्रममा सातवटा पसलको दर्ता नगरिएको भेटिएको र बजार क्षेत्रका होटेल तथा पसल सम्पूर्णको अनुगमन गर्ने हो भने त्यो सङ्ख्या अझै बढ्ने देखिएको उनले बताए ।

दर्ता भएका पसलमा पान नम्बरसमेत नलिएको भेटिएको प्रमुख थापाले बताए । पसलमा खाद्य र अखाद्य तथा मासु र पेय पदार्थसमेत सँगै राखेर बिक्री वितरण गरिएको भेटिएको छ ।

त्यस्तै पेय पदार्थ, जङ्कफुड, दालमोट, भुजियाको उपभोग गर्ने म्याद गुज्रिएको पाइएकाले ती वस्तु नष्ट गर्न लगाइएको थापाले जानकारी दिए । म्याद गुज्रिएका वस्तुप्रति उपभोक्ताले कुनै मतलब नगर्ने भएको कारण जनचेतना जोगाउनु आवश्यक रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : ५९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई