सरकारको समर्थन फिर्ता लैजान माओवादी अध्यक्ष ‘प्रचण्ड’लाई ओलीको चुनौती (भिडियोसहित) « Khabarhub

सरकारको समर्थन फिर्ता लैजान माओवादी अध्यक्ष ‘प्रचण्ड’लाई ओलीको चुनौती (भिडियोसहित)

एमसीसी अघि नबढाएकोमा सभामुखसँग असन्तुष्टि


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्म आलोचना गरेर पार्टीमा फर्किन वरिष्ठ नेता माधवकुमार नेपाललाई सुझाव दिएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले गुटबन्दी गरेर आउनेलाई स्वीकार गर्न नसकिने बताए ।

आत्म आलोचना गरेर फर्किने नेतालाई पार्टीमा स्वागत गर्ने उनको भनाइ छ ।

‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्म आलोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं,’ ओलीले भने ।

अब पार्टीमा गुटबन्दी नचल्ने ओलीले दाबी गरे । उनले भने,‘पार्टीले समूहगत रुपमा डिल गर्दैन् ।’

नेपालले अहिलेसम्म गरेका ‘अपराधपूर्ण काम’को आत्म आलोचना गर्नुपर्ने ओलीले बताए । नेता नेपालका गतिविधिहरुलाई आफूले अहिले पनि नियालिरहेको बताउँदै भने, ‘म सीमा हेरिरहेको छु, पार्टीलाई ध्वस्त पार्न खोजे ठीक हुँदैन ।’

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने अडान दोहोर्‍याए ।

प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिन समेत माओवादी केन्द्रलाई ओलीले चुनौती दिए ।

उनले समर्थन फिर्ता लिन नसकेर राजीनामा माग्ने ‘प्रचण्ड शैली’लाई हरुवाको संज्ञा दिए । ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए । उनले भने , ‘यस्ता धाक धक्कुसँग म डराउदिनँ ।’

ओलीले माओवादी र माधव नेपालहरू चुनावबाट भागिरहेको आरोप पनि लगाए ।

एमसीसीबारे समामुखमाथि खनिए ओली

सम्बोधनकै क्रममा ओलीले एमसीसी अघि नबढाएकोमा सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्टि पोखे । उनले एमसीसी संसदले निर्णय गर्नुपर्ने बताए । निर्यणका लागि सरकारले प्रस्ताव संसमा पेश गरेको बताए ।

उनले प्रश्न गरे, ‘सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छ ? सभामुखले निर्णयार्थ पेस गर्नुपर्दैन ? पेश नगर्ने ?’

ओलीले सभामुखले मर्यादा पालना नगरेको, संविधान र कानूनको मतलब नगरेको तथा बलजफ्ती गरेको आरोप समेत लगाए ।

‘कानूनको संविधानको मतलब छैन, बलजफ्ती छ, यस विषयमा नेपाली कांग्रेस एक शब्द बोल्न सक्छ ? मुखमा पानी हालेर किन बस्छ ? यो लोकतान्त्रिक अभ्यास हो कि होइन ? किनभने उनीहरु साँठगाँठ खोजिरहनुभएको छ,’ उनले भने ।

हेरौँ भिडियो

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ४० बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले