अभिनेत्री स्वेतालाई पति शोक « Khabarhub

अभिनेत्री स्वेतालाई पति शोक


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री स्वेता भट्टराईलाई पति शोक परेको छ । उनका श्रीमान मिलन सापकोटालाई कोरोना संक्रमण भएपछि उपचारको क्रममा मंगलवार चावहिलस्थित एक अस्पतालमा निधन भएको हो ।

परिवारका अनुसार अक्सिजन लेभल कम भएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको हो ।

काभ्रे, रोशी गाउँपालिका वडा नम्बर १० का सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । यो जोडीको एक छोरी छिन् ।

स्वेताले फिल्म ‘रिदम’, ‘ब्ल्याकमेल’, ‘प्रोड्यूसर’लगायतका फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् । दाम्पत्य जीवनमा बाँधिएपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी थिइन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : ३० बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन