भोजपुरी ‘प्रेमगीत २’मा शिल्पा « Khabarhub

भोजपुरी ‘प्रेमगीत २’मा शिल्पा


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेल अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ ।

रत्नाकर कुमारको प्रस्तुतिमा पशुपतिनाथ प्रोडक्शनको व्यानरमा निर्माण भएको फिल्ममा भोजपुरी सुपरस्टार प्रदीप पाण्डे चिन्टुको अपोजिटमा शिल्पा छिन् ।

दुई मिनेट ४० सेकेण्डको ट्रेलरमा प्रदीप र शिल्पाको रोमान्सलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा रोमान्स, रोमाञ्च र द्वन्द्वलाई देखाइएको छ ।

फिल्ममा सोनु खत्रीको निर्माण र निर्देशन छ । उनको यो तेस्रो फिल्म हो । यसअघि उनले ‘प्रेम गीत’ र ‘जय शम्भु’को निर्देशन गरेका थिए ।

फिल्ममा प्रदीप र शिल्पासँगै अमित शुक्ला, सीपी भट्ट, रोहित सिंह मटरू, सुधा झा, इंद्रासनी मिश्रा, रंजीत शर्मा, बबलू खान, अजय कुमारको अभिनय छ ।

निर्माताका रुपमा उनले फिल्म ‘निरहुआ चलल लण्डन’ निर्माण गरेका थिए । विनोदकुमार ठाकुर सह–निर्माता रहेको फिल्ममा एबी मोहनको लेखन, ओम झाको संगीत, हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराज, शिव बिके, रिक्की गुप्ता, विवेक थापाको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : १५ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित