‘डन’लाई अमिताभले अण्डरवेयर बुझेपछि… « Khabarhub

‘डन’लाई अमिताभले अण्डरवेयर बुझेपछि…


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ‘डनको पखाइ ११ मुलुकका प्रहरीले गरिरहेका छन्’ सन् १९७८ मा रिलिज अमिताभ बच्चनको ब्लकबस्टर फिल्म ‘डन’को यो आइकोनिक संवादलाई कसले बिर्सन सक्ला र ।

७० को दशकमा बनेको ‘डन’ले अमिताभलाई ‘एंग्री यङ मेन’को नयाँ छवि दिलायो । तर के तपाईंलाई थाहा छ फिल्मको नाम अमिताभले पहिलोपटक सुन्दा उनलाई यो कुनै अण्डरवेयरको नाम होला भन्ने ठानेका थिए ।

आजतकका अनुसार फिल्मले बुधबार ४३ वर्ष पुरा गरेको छ । केही वर्ष अघि अमिताभले ‘डन’को किस्सा आफ्नो ब्लगमा लगेको थिए ।

‘‘डन’ एक यस्तो नाम थियो, जसलाई बजारमा कुनै अनुमति मिलेको थिएन । उनीहरुले कहिल्यै यसको मतलब के थियो भन्ने बुझ्न सकेनन् । उनीहरुलाई ‘डन’ जस्तो नाम कुनै हिन्दी फिल्मका लागि सही छ भन्ने पनि थाहा पाएनन् । कतिपयलाई त यो हाँस्यास्पद शीर्षक नै लाग्यो’, उनले लेखेका छन् ।

अमिताभलाई फिल्मको नाम सुन्दा कुनै अण्डरवेयर ब्राण्डको नाम जस्तो लागेको थियो । ‘त्यो समय एक प्रख्यात ब्राण्डको स्याण्डो र अण्डरवेयर कम्पनीको नाम ‘डन’ थियो । बजारमा सबै त्यही कम्पनीको नाम लिन्थे, जुन सुन्दा फिल्मकै जस्तो लाग्थ्यो । यस्तो बेला कुनै फिल्मको यस्तो नाम दिनु अण्डरगारमेण्टलाई भनेजस्तै थियो’,उनले लेखेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : १० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा