प्रधानमन्त्रीलाई हत्याको धम्की ! तत्काल आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई हत्याको धम्की ! तत्काल आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीलाई मार्ने धम्की दिएका छन् ।

शुक्रबार सांसद  वैद्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताएका हुन् ।

काठमाडौं क्षेत्र नं. ४ क बाट काँग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओली सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका छन् । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको उनले बताएका छन् ।

‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि,’ उनले थपे, ‘कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ? ‘

ओलीलाई मार्ने षडयन्त्र भएको भन्दै वैद्यको अभिव्यक्तिको चर्को आलोचना भएको छ । कांग्रेस प्रवक्ताले शब्द फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’

त्यस्तै एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री ओलीको सुरक्षा गर्न जे पनि गर्न तयार रहेको भन्दै कारवाहीको माग गरेका छन् ।

उनले भनेका छन्- ‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको  हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ ।’

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ६ : १० बजे

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)

काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृत्यु

एजेन्सी– नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा