प्रधानमन्त्रीको हत्या गरी 'नाथुराम' बन्न चाहने वैद्यलाई फैजदारी कसुरमा दण्ड : थापा | Khabarhub Khabarhub

प्रधानमन्त्रीको हत्या गरी ‘नाथुराम’ बन्न चाहने वैद्यलाई फैजदारी कसुरमा दण्ड : थापा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले नेता सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गरी ‘नाथुराम’  बन्न चाहने कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई फौजदारी कजुरमा दण्ड दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले ट्वीट गर्दै वैद्यको अपराधिक मनसायका साथ बोलेको मिसनवाला मिडियाले नसुनेको तथा देउवा, प्रचण्ड र उपेन्द्र मौन रहेको समेत उल्लेख गरेका छन् ।

‘नरोत्तम वैद्यले अपराधिक मनसायका साथ बोले ।मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र मौन छन्,कसैले बोली फिर्ता लिन र आत्मालोचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसो भनेको पाइन्छ । प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ,’ थापाले भनेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ क बाट कांग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमालेवृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : २० बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको