प्रधानमन्त्रीका लागि ‘नाथुराम गोड्से’ बन्छु भन्ने वैद्यले तत्काल माफ माग्नून :  भट्टराई « Khabarhub

प्रधानमन्त्रीका लागि ‘नाथुराम गोड्से’ बन्छु भन्ने वैद्यले तत्काल माफ माग्नून :  भट्टराई


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल माफि माग्न आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ ‘क’ बाट कांग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री केपी ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए ।

शुक्रबार प्रदेशसभा उनले अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमाले वृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ ।

उनको अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेता भट्टराईले उनलाई तत्काल दशवटा तर्क नगरी माफ माग्न आग्रह गरेका छन् ।

भट्टराईले फेसबुकमा भनेका छन्,’ वाग्मती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ५० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु