आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक शुरू « Khabarhub

आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक शुरू


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनको बैठक शुरू भएको छ ।

कोटेश्वरस्थित नेपाल वन पैदावरको अफिसमा केहीबेरअघि शुरु भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्ण बहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेता रघुजी पन्त सहभागी भएको बैठकमा जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । जनमोर्चाका तर्फबाट भने सांसद दुर्गा पौडेल सहभागी छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि आगामी रणनीति तय गर्नका लागि विपक्षी गठबन्धनको बैठक शुरु भएको हो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ४९ बजे

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको