आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक शुरू « Khabarhub

आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक शुरू


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनको बैठक शुरू भएको छ ।

कोटेश्वरस्थित नेपाल वन पैदावरको अफिसमा केहीबेरअघि शुरु भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्ण बहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेता रघुजी पन्त सहभागी भएको बैठकमा जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । जनमोर्चाका तर्फबाट भने सांसद दुर्गा पौडेल सहभागी छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि आगामी रणनीति तय गर्नका लागि विपक्षी गठबन्धनको बैठक शुरु भएको हो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना