बालागुरु षडानन्दले अध्ययन गरेको संस्कृत विद्यालय भत्कियो « Khabarhub

बालागुरु षडानन्दले अध्ययन गरेको संस्कृत विद्यालय भत्कियो


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ ।

बालागुरु षडानन्द पढेको सो राजकीय संस्कृत माध्यमिक विद्यालयको ११० वर्ष पुरानो भवन आज दिउँसो भत्किएको हो ।

प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार सो आवासीय विद्यालयमा मुलुकको २७ जिल्लाका १५५ बटुक (विद्यार्थी) पढ्दै आएका छन् । छात्राबासका रुपमा प्रयोग हुँदै आएका आठ कोठामध्ये कोठा नं. १ को अचानक छतसमेत भत्किएको छ । बटुकहरु कक्षा कोठामा पढिरहेका बेला भवन भत्किएकाले मानवीय दुर्घटना हुनबाट जोगिएको उनको भनाइ छ ।

विसं १९६८ मा चुना, सुर्की, सख्खर, ईंट, बालुवालगायत सामग्रीको प्रयोगबाट बनेको सो भवनलाई मर्मतसम्भार गर्दै आएपनि छत चुहिने, पर्खालमा चिरा पर्ने, ठाउँ ठाउँमा चर्किनेजस्ता समस्या रहँदै आएको प्रधानाध्यापक पौडेलले बताए ।

विद्यालयलाई हालकै स्वरुपमा पौराणिक एवं ऐतिहासिक धरोहरकै रुपमा संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि सरोकारवाला सबै पक्षसँग आग्रह गरे । भवन भत्किएपछि बटुकहरुलाई खान, बस्न, सुत्न र अतिरिक्त क्रियाकलाप गर्न समस्या हुने बताइएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ३५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार