प्रचण्डले भने–फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु « Khabarhub

प्रचण्डले भने–फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्मकर्मीको एक टोलीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व सभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष, अभिनेताा तथा निर्माता नवल खड्काको नेतृतवमा गएको फिल्मकर्मीको टोलीले प्रचण्ड र महरालाई भेट्दै लकडाउनका कारण धराशायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्मको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए ।

अभिनेता खड्काले राष्ट्रियता संकटमा पर्ने जनाउँदै एमसीसी पास नगर्न नेताद्वयलाई आग्रह गरेका थिए ।

पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भीर भएको बताए । ‘फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु । आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने ।

पूर्व सभामुख महराले फिल्म क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १ : २० बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ