विद्युत् अभावले स्वास्थ्य सेवा प्रभावित « Khabarhub

विद्युत् अभावले स्वास्थ्य सेवा प्रभावित


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– विद्युत् आपूर्ति अवरुद्ध हुँदा मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । यसले सेवाग्राही मर्कामा परेका छन्।

गत असार १ गते आएको बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका हुन्। आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि सौर्य ऊर्जा समयमा जडान हुन नसक्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको मनाङवासीको गुनासो छ ।

बाढीपहिराले मनाङमा विद्युत् आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवा प्रत्यक्ष प्रभावित भएको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले जानकारी दिए ।

“विद्युत् आपूर्ति नहुँदाका बखत जेनेरेटरको सहयोग चलाइरहेका छौँ, जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ, हेलिकोप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन”, उनले भने, “यहाँका सर्वसाधारणलाई विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।”

अन्सारीका अनुसार अस्पतालमा सौर्य ऊर्जा (सोलार) जडान गरिएको छैन । सौर्य ऊर्जा जडान गर्न सकिएको भए जेनेरेटरमा तेल अभाव भएपछि सौर्य ऊर्जाको प्रयोगबाट सेवाप्रवाह गर्न सकिन्थ्यो । “सौर्य ऊर्जा आए पनि जडान गरिएको छैन, जेनेरेटर चलाएर सेवा दिँदै आएका छौँ, तेल सकिने लागेको छ, तेल ल्याउन सडक नै छैन, हेलिकोप्टरमार्फत ल्याउनुपर्छ”, उनले भने, “मौसम पनि खराब छ, तेल ल्याउन सकिएन भने अबको एक/दुई दिनमा जिल्ला अस्पतालले दिँदै आएको स्वास्थ्य सेवा नै अवरुद्ध हुने अवस्थामा पुगेको छ ।”

जेनेरेटर सञ्चालन गर्न थप तेल ल्याउनका निम्ति गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको जनस्वास्थ्य निरीक्षक अन्सारीले बताए । “तेल अभाव भएको जानकारी गराइसकेका छौँ । छिट्टै आउने अपेक्षामा छौँ”, उनले भने । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट मनाङमाा ल्याइएको सौर्य ऊर्जा हालसम्म जडान गर्न सकिएको छैन ।

स्वास्थ्य कार्यालय, खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चामे गाउँपालिकाको कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने भनिए पनि हालसम्म जडान गरिएको छैन । मनाङ आइपुगेको सौर्य ऊर्जा जडानका लागि विज्ञ प्राविधिक नहुँदा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

“सामग्री आइपुगेको छ । तर, समयमा जडान गर्न मुस्किल भएको छ । सामग्री आए पनि विज्ञ प्राविधिकको अभावले सौर्य ऊर्जा जडान गर्न सकिएको छैन”, उनले भने, “यस सम्बन्धमा गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जानकारी गराएका छौँ ।” बाढीपहिराले क्षति पुर्‍याएको केही समयमा मन्त्रालयमार्फत १६ वटा सौर्य ऊर्जा ल्याएर जडान गरिएको छ । तर, पछिल्लो समय ल्याइएको पाँचवटा सौर्य ऊर्जा भने जडान गरिएको छैन । विद्युत् आपूर्ति नहुँदा मनाङवासीको दैनिकी अँध्यारोमा गुज्रेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ४ : ०० बजे

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

ड्रोनबाट हेर्नुस्, डोजर चलेपछिको मनोहरा सुकुम्वासी बस्ती

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली