बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनपर्छ : महतो « Khabarhub

बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनपर्छ : महतो


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा जसपा निकट योङ ईण्डिजिनिष्ठ लिगको प्रारम्भिक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडि परेका जनताको अधिकार स्थापित हुन नसक्ने बताएका हुन् । उनले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताए ।

एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट भएकै कारण समस्या भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको उनले बताए ।

मुलुकमा सात वटा संविधान आए पनि जनता अझै पनि अधिकारबाट बञ्चित हुनुपरेको उहाको भनाइ थियो ।

उनले यसअघिको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिए पनि सो बमोजिम काम गर्न नसकेको आरोप लगाए ।

बहुलराष्ट्रिय राज्य नेपाल स्थापनाका लागि भन्दै योङ ईण्डिजिनिष्ठ लिग गठन गरिएको जसपाका नेताहरुले जनाएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ४ : २७ बजे

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल