वेष्टइन्डिजका हेमराजले विराटनगरबाट ईपीएल खेल्ने « Khabarhub

वेष्टइन्डिजका हेमराजले विराटनगरबाट ईपीएल खेल्ने


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वेस्ट इन्डिजका हेमराज चन्द्रपलले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ब्याट्सम्यान हेमराजले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।

विराटनगरले शनिबार हेमराजलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ । हेमराजले वेस्ट इन्डिजका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।

विराटनगरले यसअघि जिम्बावेका अलराउण्डर सिकन्दर राजा र क्यानडाका रायन पठानलाई अनुबन्ध गरेको थियो । चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : २२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज