प्रेरक: जब रिस उठ्छ तब नबोल्नुस् « Khabarhub

प्रेरक: जब रिस उठ्छ तब नबोल्नुस्


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकजना महिला निकै रिसाउने गर्थिन्। रिसाएका बेला उनी आफ्ना अघिल्तिर भएका जोकेहीलाई पनि असाध्यै नराम्रो गरी गाली गर्ने गर्थिन्। उनको यही बानीले गर्दा छिमेकी, आफन्त र कहाँसम्म भने घरका मान्छे पनि उनीदेखि टाढिन थालेका थिए। तर, रिस मरेपछि जहिले पनि उनी पश्चात्ताप गर्ने गर्थिन्, तर त्यति बेलासम्म निकै ढिला भइसकेको हुन्थ्यो।

एक दिन महिलाले के थाहा पाइन् भने सहरमा नामी सन्त आएका छन् र उनले धेरैको समस्या निराकरण गर्ने क्षमता राख्छन्। महिला सन्तलाई भेट्न गइन् र भनिन्, ‘महाराज! मेरो रिसको कुनै सीमा नै छैन। यसैकारण धेरैजना मसँग टाढिँदै गइरहेका छन्, मलाई आफ्नो गल्ती महसुस नहुने पनि होइन। तर, त्यति बेलासम्म निकै कुरा बिग्रिसकेको हुन्छ। म के गरूँ महाराज ?’

महिलाको कुरा सुनेर सन्त मुसुमुसु हाँस्न थाले। महिलाको समस्या विस्तारमा सुनेपछि उनले एउटा सिसीमा दबाई भरेर दिए र रिस उठ्ने बेलामा पिउन सुझाए। एक हप्तापछि महिलामा सकारात्मक प्रभाव देखिन थाले। महिलालाई कम रिस उठ्न थााल्यो।

त्यसपछि महिला सन्तलाई भेट्न गइन् र भनिन्, ‘हजुरले दिएको औषधिले मलाई निकै राम्रो काम गर्‍यो। तपाईं जानुअघि कृपया मलाई त्यो औषधि के हो र कहाँ पाइन्छ भन्नेबारे केही भन्नुहोला। यसले मेरो रिस कम गर्न सक्ने रहेछ।’ महिलाको कुरा सुनेर सन्त मुसुमुसु मुस्काउन थाले।

त्यसपछि उनले भने, ‘जसलाई तिमीले औषधि ठानेकी छ्यौ, त्यो अमूल्य औषधि– पानी हो।’ रिस उठ्ने बेलामा तिमीले केही बेर नबोल्नुपर्ने नै थियो। पानी खाँदा अलिकति समय त्यसमा खर्च हुन्थ्यो र तिमीले पानीलाई औषधि ठानेको हुनाले पनि परिवर्तन देखापरेको हो। त्यसैले अब जहिले रिस उठ्छ, तिमी नबोल्ने अभ्यास गर। तिम्रो रिस आफैँ नियन्त्रित हुन्छ।’

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ३३ बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव