भुपेन्द्र पटेल बने गुजरातको मुख्यमन्त्री « Khabarhub

भुपेन्द्र पटेल बने गुजरातको मुख्यमन्त्री


२७ भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको गुजरात राज्यको मुख्यमन्त्री भुपेन्द्र पटेल बनेका छन् । शनिबार मुख्यमन्त्री विजय रुपाणीले पदबाट राजीनामा दिएका थिए । भारतीय जनता पार्टी गुजरात विधानसभा संसदीय दलको बैठकले भुपेन्द्र पटेललाई नेता चयन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भाजपाले गुजरात विधानसभा निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि मुख्यमन्त्री परिवर्तन गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातममा आगामी वर्ष विधानसभा निर्वाचन हुँदैछ ।

चुनाव अघि नै मुख्यमन्त्री परिवर्तन गरेर भाजपाले चुनावको रणनीति तयार पारेको हो । गुजरातमा पाटिर आन्दोलनका कारण भाजपा संकटमा छ । त्यसैले पाटिदार समूदायकै भुपेन्द्र पटेललाई मुख्यमन्त्री बनाइएको हो । एजेन्सी

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ७ : २६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको