आर्यनको चिन्ताले शाहरुख रातभर जागै « Khabarhub

आर्यनको चिन्ताले शाहरुख रातभर जागै


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागु औषधको मामलामा पक्राउ परेपछि कैयौं बलिउड कलाकारहरुले शाहरुख र उनको परिवारको समर्थन गरेका छन् । आर्यनको जमानतलाई अदालतले अस्वीकार गरिरहँदा शाहरुख र उनकी पत्नी गौरी खान निकै चिन्तित छन् ।

समाचारअनुसार शाहरुख आर्यनका बारेमा सोचेर सुत्न पनि सकेका छैनन् । उनी छोरालाई सम्झेर रातभर जागै बस्छन् । शाहरुख र गौरीले आफ्नो छोराको मामला यति लामो समयसम्म जान्छ भन्ने सोचेका थिएनन् ।

जसै आर्यन पक्राउ परेको खबर सार्वजनिक भयो, शाहरुखले तुरुन्तै देशका राम्रा कानूनविज्ञलाई फोन गरेर यो मामलमा सल्लाह लिएका थिए । उनले सतीश मानेशिन्देलाई पनि फोन गरेका थिए । सतीशले शाहरुखलाई आर्यन चाँडै नै बाहिर आउने आश्वासन दिएका थिए । तर उनको आश्वासन पुरा हुन सकेन ।

अदालतले आर्यनको जमानत निवेदन अस्वीकार गरेपछि शाहरुखको परिवारलाई एउटा ठूलो झड्का लागेको छ । यो कठिन समयमा गौरीका भाई विक्रान्त छिब्बर र उनकी पत्नी नमिता शाहरुखको परिवारसँगै छन् । शाहरुख हाल मुद्धाको विषयमा फलोअप गर्न र एनसीबीसँग आर्यनको अवस्थाबारे सोधपुछ गर्न व्यस्त छन् ।

‘गौरी र शाहरुख दिनभर कैयौंपटक फोन गरेर एनसीबीसँग आफ्नो छोराको स्वास्थ्यको अवस्थाबारे सोधिरहेका छन् । आर्यनसँग परिवारको सिधा सम्पर्क छैन । तर एजेन्सीले आर्यनसँग जोडिएको जानकारी परिवारलाई दिइरहेकोछ । हालैमात्र आर्यनलाई उसको कपडा र घरमा बनाएको खाना दिनका लागि अनुमति मागिएको थियो’, शाहरुख निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ३३ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली