आर्यनको चिन्ताले शाहरुख रातभर जागै « Khabarhub

आर्यनको चिन्ताले शाहरुख रातभर जागै


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागु औषधको मामलामा पक्राउ परेपछि कैयौं बलिउड कलाकारहरुले शाहरुख र उनको परिवारको समर्थन गरेका छन् । आर्यनको जमानतलाई अदालतले अस्वीकार गरिरहँदा शाहरुख र उनकी पत्नी गौरी खान निकै चिन्तित छन् ।

समाचारअनुसार शाहरुख आर्यनका बारेमा सोचेर सुत्न पनि सकेका छैनन् । उनी छोरालाई सम्झेर रातभर जागै बस्छन् । शाहरुख र गौरीले आफ्नो छोराको मामला यति लामो समयसम्म जान्छ भन्ने सोचेका थिएनन् ।

जसै आर्यन पक्राउ परेको खबर सार्वजनिक भयो, शाहरुखले तुरुन्तै देशका राम्रा कानूनविज्ञलाई फोन गरेर यो मामलमा सल्लाह लिएका थिए । उनले सतीश मानेशिन्देलाई पनि फोन गरेका थिए । सतीशले शाहरुखलाई आर्यन चाँडै नै बाहिर आउने आश्वासन दिएका थिए । तर उनको आश्वासन पुरा हुन सकेन ।

अदालतले आर्यनको जमानत निवेदन अस्वीकार गरेपछि शाहरुखको परिवारलाई एउटा ठूलो झड्का लागेको छ । यो कठिन समयमा गौरीका भाई विक्रान्त छिब्बर र उनकी पत्नी नमिता शाहरुखको परिवारसँगै छन् । शाहरुख हाल मुद्धाको विषयमा फलोअप गर्न र एनसीबीसँग आर्यनको अवस्थाबारे सोधपुछ गर्न व्यस्त छन् ।

‘गौरी र शाहरुख दिनभर कैयौंपटक फोन गरेर एनसीबीसँग आफ्नो छोराको स्वास्थ्यको अवस्थाबारे सोधिरहेका छन् । आर्यनसँग परिवारको सिधा सम्पर्क छैन । तर एजेन्सीले आर्यनसँग जोडिएको जानकारी परिवारलाई दिइरहेकोछ । हालैमात्र आर्यनलाई उसको कपडा र घरमा बनाएको खाना दिनका लागि अनुमति मागिएको थियो’, शाहरुख निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ३३ बजे

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको