गण्डकीमा सत्ता गढबन्धनभित्रै असन्तुष्टी, नयाँ गठबन्धन बनाउने चेतावनी | Khabarhub Khabarhub

गण्डकीमा सत्ता गढबन्धनभित्रै असन्तुष्टी, नयाँ गठबन्धन बनाउने चेतावनी


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । माओवादी र जनता समाजवादी पार्टीले मन्त्री नियुक्तीमा असहमति जनाएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सहमति भन्दै डोबाटे विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरेपछि कांग्रेस बाहेकका दलहरू असन्तुष्ट बनेका छन् । शपथ ग्रहण कार्यक्रममा सत्ता साझेदार दल माओवादी, जसपा र सरकारको समर्थक दल जनमोर्चा उपस्थित भएन ।

‘हाम्रो सहमति नै छैन । त्यसैले शपथमा पनि गइएन । कुरा चाहिँ केन्द्रमै भएको भन्नु भएको छ, मुख्यमन्त्रीले । केन्द्रमा कुरा भएको भए हामीलाई पनि जानकारी हुनुपर्ने हो । पार्टीले केही भनेको छैन,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘यसो बुझ्दा व्यवस्थापन माधव नेपाल पक्षको पनि गर्नुपर्ने हुन्छ । हाम्रो पनि व्यवस्थापन गर्नुपर्‍यो । मन्त्री थप्न १२ भन्दा पाइन्न । अब माओवादी र माधव पक्षको व्यवस्थापन मिलाउनुपर्ने भएकोले हतार नगर्न भनेको थिँए । पटक-पटक भने । मुख्यमन्त्रीले सुन्नुभएन ।’

माओवादी प्रमुख सत्ता साझेदार दल हो । ‘यो नियुक्तीमा हाम्रो सहमति छैन । केन्द्रले मिलाएको हो भने, खबर गरोस् । अध्यक्षले मलाई सिधै भन्नुपर्ने हो,’ चुमानले भने, ‘हामीलाई कांग्रेसले मिचेर गएको महशुस भयो । यसरी नै जाने हो भने, के-के हुन्छ के-के । गठबन्धन भएपछि सहमतिमा गर्नुपर्‍यो नि त । भोलि के गर्ने भन्ने निर्णय लिएको छैन । हामी पनि बुझ्दै छौं ।’

कांग्रेसले योसँगै ६ वटा मन्त्रालय पाएको छ । माओवादीका चार, जसपाका एक र अर्को एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् । जसपाका नेता तथा उर्जा मन्त्री हरिशरण आचार्यले कांग्रेसले मनलाग्दी गरेको आरोप लगाए । ‘अनौपचारिक रुपमा जानकारी मात्रै भयो । औपचारिक कुरा भएको छैन । म्यासेज आएपछि मात्रै जानकारी भयो,’ उनले भने, ‘क्याविनेटमै पनि तपाईंहरू मात्रै गर्नुस् भनेर निस्कियौं । कांग्रेसको मात्रै जस्तो सरकार भयो । म केही समय नबोली बसेको थिएँ, बोल्न बाध्य बनायो ।’

उनले कांग्रेसविरुद्ध फरक मोर्चा बनाउने चेतावनी दिएका छन् । ‘हिजो केपी ओलीले संविधान नमान्दा संविधान मान्नेहरूको एलाइन्स बन्यो । आज गठबन्धनको मुल्यमान्यता विपरित गए लोकतन्त्रको उपहास गर्ने विरुद्ध मोर्चा बन्छ,’ उनले भने, ‘फरक एलाइन्स बन्न सक्छ । कांग्रेसविरुद्धमा अर्को मोर्चा बन्छ । कांग्रेसले हेप्यो, माओवादी र जसपासँग मतलब भएन ।’

जसपालाई दुई मन्त्रालय दिने लिखित सहमति तोडेर कांग्रेसले आफ्नो मात्रै मन्त्री थपेको छ । जनमोर्चा पनि सरकारको निर्णयप्रति सन्तुष्ट देखिँदैन । गण्डकीमा सत्तारुढ कांग्रेसको १५, माओवादीको १२, जसपा दुई, जनमोर्चा तीन (एक कारवाही) र एक स्वतन्त्र सांसद गठबन्धनमा छन् । एमालेका २७ सांसद प्रतिपक्षमा छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ११ : २६ बजे

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि