कैलालीका किसानलाई खेतमै दशैँ « Khabarhub

कैलालीका किसानलाई खेतमै दशैँ


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– घरघरमा जमारा राखिएका छन् । कतै चर्खे पिङ त कतै दशैँ मनाउँन गाउँ फर्किएकाहरू आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । कोही दशैँ मनाउँन घर पुग्दै छन्, नजिक हुनेहरू कोही घर जाने तरखरमा छन् । यतिवेला हिन्दुहरूलाई महान चाड दशैँको उल्लासले छोइसकेको छ । शहरीयाहरू गाउँ केन्द्रित हुँदा गाउँको वातावरण दशैँमय बनेको छ ।

कैलालीका किसानलाई भने खेतमै दशैँ छ । धान भित्र्याने समयमै दशैँ सुरु भएपछि यहाँका किसान खेतबारीमै व्यस्त बनेका हुन् । बिहानीको सूर्यको किरण नझुल्किदै खेतमा पुग्ने किसान त्यही भलाकुसारी गर्छन् । दुःख सुख त्यही बाँड्छन् । अझ भन्नु पर्दा किसानका लागि खेतमै दशैँ छ ।

‘खाने अन्नलाई चटक्कै छोडेर पिङमा कहाँ रमाइलो लागछर,’ धनगढी-३ का किसान हेमराज विष्टले भने, ‘सुखले धान भित्र्याउन पाए हाम्रा लागि दशैँभन्दा बढी खुशी हुन्छ, दशैँ त खेतमै मनाउँलानी !’

किसानलाई सबैभन्दा बढी चिन्ता खेती भित्र्याउन हुने गरेको उनले बताए । ‘जसरी परिवारका सदस्यको माया हुन्छ, त्यसरी नै खेतमा लगाएको बालीको पनि माया लाग्ने गर्दछ,’ भट्टले भने, ‘परिवारका सदस्यलाई बिर्सेर को रमाउन सक्दछ र ?’

कैलालीका अधिकांश स्थानमा असोजको दोस्रो सातामै धान पाकिसकेको भएपनि वर्षा नरोकिदा समयमै किसान खेतमा पस्न सकेनन् । जसले गर्दा दशैँमा किसानलाई धान काट्न भ्याईनभ्याई छ । ‘यस वर्ष केही ढिला सम्म मनसुन सक्रिय भएपछि किसान धान काट्न हतारिएनन्,’ कैलालीको गोदावरी नगरपालिका–५ का किसान रामदाश रानाले भने, ‘असोज तेस्रो सातापछि मात्रै किसान खेतमा धान काट्न निस्केका छन्, त्यसैले यस वर्ष किसानको दशैँ खेतमै होला जस्तो छ।’

एक दिन रमाएर वर्ष भरी भोकै बस्नुभन्दा खेतमै रमाउनु उचित हुने धनगढी–१२ का किसान केशव उपाध्याय बताउँछन् । ‘हुनत दशैँ पनि वर्षमा एकपटक मात्रै आउँछ,’ उपाध्याय भन्छन्, ‘दशैँ पनि मनाउनु पर्दछ, तर बालीलाई बिर्सेर दशैँ मनाउन मनले मान्दैन, वर्ष भरी चाहिने अन्न नभित्र्याई कसरी दशैँ मनाउनु ?’

कैलालीका किसान यतिवेला धान भित्र्याउ व्यवस्त बनेका भन्दै उनले कसैले धान भित्र्याई सकेका र केही भित्र्याउने तयारीमा रहेका बताए । ‘तर धान भित्र्याएका किसान पनि खेतभन्दा टाढा गएर रमाउन सक्दैनन्,’ उनले भने, ‘सहकार्यमा गरिने खेतीमा सबैको काम नसकिए सम्म कोही फुसर्दिला हुँदैनन् ।’

खेतमा धान पाकेर तयार भइसकेकाले काटेर भित्र्याउन थालेको धनगढी–१० घुइयाघाटका रामप्रसाद रानाले बताए । ‘पाकेको धान काटेर भित्र्याउन थालेका छौँ,’ उनले भने, ‘गाउँतिर सबै धान भित्र्याउन ब्यस्त छन् ।’

कैलालीमा धान काट्ने आधुनिक मेसिन भित्रिए पनि सबै किसान त्यसको पहुँचमा अझै छैनन् । धान काटेर मेसिनले धान छान्ने काम मात्रै यहाँका किसानले गर्दै आएका छन् । तर धान काट्ने र धान रोप्ने काममा भने अझै परम्परागत तरिका अपनाइने गरिएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा यस वर्ष ७० हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । वर्षा समयमै भएका कारण यस वर्ष कैलालीमा ७२ हजार हेक्टर क्षेत्रफल जमिनमा धान रोपिएको ज्ञान केन्द्रको तथ्यांक छ । कैलालीमा करिब ५५ प्रतिशत जमिनमा वर्षभरी नै सिंचाइको सुविधा छ ।

यो वर्ष आवश्यकता अनुसार पानी परेकाले धान खेती राम्रो भएको किसानले बताएका छन् । खेती राम्रो भएकाले उत्पादन पनि बढ्ने अपेक्षा गरेको धनगढी-३ का किसान सोनु रानाले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ५२ बजे

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ