नवरात्रभर गर्न नहुने १६ कार्य « Khabarhub

नवरात्रभर गर्न नहुने १६ कार्य


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

असोज २१ बाट शुरु भएको दशैंको अहिले नवरात्र जारी छ । माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुने धार्मीक विश्वासमा नवरात्रिमा देवीको ९ दिनको ब्रत र पूजा गरीन्छ ।

यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्ने धार्मीक विश्वास छ । नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे थाहा पाउनुहोस् ।

– नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ ।
– नवरात्रका बेला खानामा प्याज, लसुन र माछा–मासु समावेश नगर्नु राम्रो मानिन्छ ।
– नवरात्रिको ब्रत राख्दा खानामा सिधे नुनको प्रयोग गर्नुपर्छ ।
– ९ दिनको ब्रत राख्दा कालो रङको कपडा लगाउनु हुदैँन ।
– यो बेला तिखो वस्तुको प्रयोग गरी हुने काम गर्न बन्देज गरीएको छ ।
– नवरात्रको ब्रतमा बेल्ट, पर्स, चप्पल–जुत्ता, ब्यागजस्ता छालाका वस्तुको प्रयोग गर्नु हुँदैन ।
– मन्दिर प्रवेश गर्दा पनि पहिला यी सबै कुरा बाहिर राखेर जानुपर्छ ।
– नवरात्रिमा कलश स्थापना र अखण्ड बत्ति बालेको भए घर खाली छाड्नु हुदैँन ।
– यो बेला पूजा कोठालाई फोहोर पार्नु हुदैँन ।
– बत्ती नबाली कहिले पनि कुनै पनि शक्तिको पूजा गर्नु हुदैँन ।
– नवरात्रका बेला मांसाहार, मदिराजन्य वस्तुबाट टाढा रहनुपर्छ ।
– ब्रतमा शारीरिक र मानसिक दुबै प्रकारको संयम आवश्यकता छ ।
– विष्णु पुराणका अनुसार नवरात्रिको समयमा दिउँसो सुत्नबाट बच्नुपर्छ ।
– यो बेला मनमा कपट राख्न वा कुनै पनि अपशब्द भन्नबाट पनि जोगिनुपर्छ ।
– नवरात्रिका बेला नङ काट्न पनि मनाहि छ ।
– नवरात्रिमा ९ दिन ब्रत राख्नेहरुले दाह्री–जुङ्गा र कपाल काट्नुहुँदैन ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ५ : ०० बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण