ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोज्यो : नेकपा एकीकृत समाजवादी | Khabarhub Khabarhub

ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोज्यो : नेकपा एकीकृत समाजवादी


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मतका लिनका लागि सोमवार संसद सचिवालयलाई सूचना पठाएका छन् । ३० दिनभित्रमा विश्वासको मत लिइसक्ने कानुनी व्यवस्था रहे पनि मुख्यमन्त्री आचार्यले ३२ ‍औं दिनमा मात्रै सचिवालयलाई सूचना पठाएका हुन् ।

प्रदेश सभा नियमावली नियम १२८को उप नियम १ मा विधानको धारा १८८ को उपनियम १ र २ बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयका सचिवलाई सूचना दिनु पर्ने उल्लेख गरिएको छ । मुख्यमन्त्रीले सूचना पठाएको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

आजका लागि बोलाइएको प्रदेशसभाको बैक विशेष कारण देखाई ५ कार्त्तिक दिनको १ बजे बस्ने गरी स्थगित गरिएको छ । दशैँको मुखमा संसद आह्वान गरे पनि मुख्यमन्त्री आचार्यले भने विश्वासको मत सम्बन्धी कुनै छलफल नै नगरी दशैँपछाडि सारेका छन् ।

यता विपक्षी गठबन्धन दलहरूले भने ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोजेको आरोप लगाएका छन् । २५ भदौमा प्रदेशमासमेत दल फुटेको निर्णय निर्वाचन आयोगले गरे पनि मुख्यमन्त्री आचार्यले आफूअनुकुल व्याख्या गरेर सरकारको आयु लम्ब्याएको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले आरोप लगाए ।

मुख्यमन्त्री आचार्यले भने नेकपा (एस)ले २८ गते मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै आएका छन् । विपक्षी गठबन्धनले अवैधानिक भन्दै आए पनि आचार्यले भने राजनैतिक नियुक्तिलाई झन् तीव्रता दिएका छन् ।

हिजो मात्रै विभिन्न पदमा दुई दर्जनभन्दा बढीलाई मुख्यमन्त्रीले नियुक्त गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  २ : ४० बजे

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५