लोप हुँदैछ पिङ « Khabarhub

लोप हुँदैछ पिङ


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिन्दूमात्रको माहान पर्व दशैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्षअघिदेखि जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दशैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो ।

विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौँ रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । विस्तारै समाजमा विदेशी संस्कृतिको प्रभावका साथै आधुनिक सूचना प्रविधिको विकासले गर्दा मोवाइल, ल्यापटप, र टेलिभिजनमै युवायुवती र बालबच्चासमेत रम्न थालेकाले पिङलगायत परम्परागत कला र संस्कृतिमा ह्रास हुन थालेको बेँसीशहर नगरपालिका–८ की बृद्धा चिजकुमारी श्रेष्ठले बताइन ।

उनले भनिन्, ‘विगतमा दशैँ–तिहारमा पिङको ठूलो महत्व हुन्थ्यो । वर्षमा एक चोटी धर्ती छोडे गति परिन्छ भनिन्थ्यो । त्यसैले उमेर नाघेकाहरू पनि एकै पटक भए पनि पिङ्मा मच्चिने गर्दथे तर अहिले आधुनिक जीवनशैलीप्रति युवापुस्ता आकर्षित भएका कारण यो परम्परा लोप हुँदै जान थालेको हो।’

उनले भनिन्, ‘पहिले पहिले त टोल टोलमा युवा तथा बालबच्चा पिङमा झुम्मिएको देखिन्थ्यो तर अहिले मुस्किलले मात्र कतै–कतै पिङ खेलेको देखिन थालेकाले अब यस्को संरक्षण गर्नुपर्ने भएको छ।’

मर्स्याङ्दी गाउँपालिकाका अमरजङ गुरुङले भने, ‘दशैँका बेला यहाँका बालबच्चादेखि वयस्क पनि केही वर्ष अघिसम्म लिङ्गेपिङ, रगटेपिङ दुबै टोलटोलमा हालेर खेल्थे । त्यसका साथै धेरैका घर–घरमासमेत डोरी बाटेर पिङ हाल्ने गरिन्थ्यो तर अहिले घर–घरमा त के गाउँमै पनि पिङ देख्न मुस्किल भएको उहाँको भनाइ थियो ।’

त्यस्तै, दोर्दी गाउँपालिका– ३ का बुद्धिमान श्रेष्ठले भने, ‘१०/१२ वर्ष अघिसम्म गाउँका टोलटोलमै रगटेपिङ बनाएर खेल्ने गरेपनि अहिले त मुख देख्न पनि नपाइने अवस्था आयो । वर्षमा एक चोटी धर्ती छोड्नुपर्ने मान्यता भए पनि युवा पुस्ताको बेवास्ताले यस्ता संस्कृति हराउने नै होकी भन्ने चिन्ता लागेको छ ।’

विकासको क्रमसँगै विभिन्न मेला तथा महोत्सवमा राखिने आधुनिक प्रविधिका पिङ खेल्न पाइने भएकाले पनि पिङप्रति चासो हराउन थालेकाले संरक्षण गर्न कठिन हुने भएको श्रेष्ठले बताए ।

सानोमा दशैँ नजिकिँदै गर्दा दाइ पिङ हाल्न थाल्थ्यो, मलाई पनि रमाइलो लाग्थ्यो दशैँ आएको जस्तो महसुस हुन्थ्यो । रमाइलो मानेर पालैपालो सबैजना मिलेर पिङ खेलिन्थ्यो, प्रत्येक वर्षको दशैँ–तिहारमा पिङ खेलेर हुर्कंदै आएको क्व्होलासोथर गाउँपालिकाकी प्रिय गुरुङले बताए । उनले भने, ‘गाउँलेले अन्य पिङ हाल्दै आए पनि रगटेपिङ निर्माण गर्नका लागि धेरै समय लाग्ने, पिङमा आवश्यक सामग्री बनाउने मान्छेको कमी हुने र धेरै खर्च लाग्ने भएकाले गाउँ–गाउँमा यस्ता पिङ लोप हुँदै थालेको छ । ‘

बेँसीशहर नगरपालिका–११ चिती रामचोक बेँसीकी सिर्जना श्रेष्ठले भने, ‘यहाँ १० वर्ष अघिसम्म रगटेपिङ खेल्नका लागि युवायुवतीको ठूलो भीड हुने गर्दथ्यो । पिङ खेल्नका लागि तछाडमछाड गर्नुपर्थ्यो, पालो पर्खदा पर्खदा घण्टौँ समय लागे पनि यहाँका युवायुवती रगटेपिङ खेल्ने गर्थे । त्यही पिङका लागिसमेत बेला बखत ठूलो झगडा हुन्थ्यो तर अहिले दशैँका बेलामा पिङ राख्ने ठाउँसुनसान भएकाले युवायुवती पनि देख्न छोडेको छ ।’

गाउँ होस् या सहर युवायुवतीले यस्तो परम्परागत संस्कृतिको पिङ खेल्न चासो दिनुपर्ने यहाँको बुढापाकाले बताए यसैगरी अन्य परम्परा पनि लोप हुँदै जालाकी भन्ने उनीहरूपमा चिन्ता थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : २० बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी