माओवादी केन्द्रले संशोधन गर्‍यो विधान « Khabarhub

माओवादी केन्द्रले संशोधन गर्‍यो विधान


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष,  एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछ । साविकको विधानअनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो ।

कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यी वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ । त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेका छ ।

अहिले सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ०९ बजे

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६