उम्मेदवारी फिर्ता ११ बजेभित्र, अन्तिम नामावली सवा १२ बजे प्रकाशन हुने « Khabarhub

उम्मेदवारी फिर्ता ११ बजेभित्र, अन्तिम नामावली सवा १२ बजे प्रकाशन हुने


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।

समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । सभापतिमा मात्र ६ जनाको उम्मेदवारी परेको छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् ।

क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।

सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ। कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : २२ बजे

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग