राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई « Khabarhub

राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ ।

धनुषाको बटेश्वर गाउँपालिकामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी अङ्क अन्तरले विजयी भएको हो ।

प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए । फाइन खेलमा प्रथम हुने टिमलाई रु एक लाख ५०५, द्वितीय हुनेलाई रु ५० हजार ५०५ र तृतीयलाई रु २५ हजार ५०५ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापालाई र बेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिमकै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ ।

वटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा यही मङ्सिर २३ गतेदेखि सुरु भएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ०३ बजे

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग