रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी « Khabarhub

रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोको पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले रेलिगेशन जोनमा रहेको नर्विचलाई १-० अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोले ७५औँ मिनेटमा पेनाल्टीमा गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अन्य अवसर बनाए पनि सदूपयोग गर्न सकेनन् ।

शनिबार राति नै घरेलु मैदान लण्डनमा भएको खेलमा आर्सनलले साउथह्याप्टनलाई ३-० अन्तरले पराजित गर्‍यो । आर्सनलको सहज जितमा एलेक्जेण्डर लाकाजेट, मार्टिन ओडोगार्ड र ग्राबियल मागलहाएसले १/ १ गोल गरे ।

खेलको २१औँ मिनेटमा लाकाजेटले अग्रता बनाउँदा २७औँ मिनेटमा मार्टिनले अग्रता दोब्बर बनाए । ६२औँ मिनेटमा ग्राबियलले गोल गर्दा आर्सनल सहज स्थितिमा पुग्यो ।

जितसँगै युनाईटेड १६ खेलबाट २७ अंक बनाएर पाँचौ स्थानमा छ । पराजित नर्विच भने १० अंक जोड्दै पुछारमा छ । अर्को खेलमा सहज जित पाएको आर्सनल २६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र