यमनमा २० लाख बालबालिका कुपोषणको चपेटामा पर्छन् – राष्ट्रसंघ « Khabarhub

यमनमा २० लाख बालबालिका कुपोषणको चपेटामा पर्छन् – राष्ट्रसंघ


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने आकलन गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले सार्वजनिक गरेका विवरणहरुका अनुसार उनीहरु ५ बर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् ।

लामो समयदेखिको द्वन्द्वका कारण अति गरिव मुलुकमा पर्न गएको यमनमा द्वन्द्व र गरिवीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ ।

भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षकोभन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

भोकमरीबाट प्रभावितहरूको सङ्ख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने आशङ्का गरिएको छ । यसले यमनमा मानवीय सहायतसम्वन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रसंघीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरूलाई पनि कुपोषणको खतरा रहेको बताएका छन् ।

‘अहिले देखिएको तथ्याङ्कले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाच्न र कुपोषणमुक्त हुनका लागि संघर्ष गर्नु पर्ने भएको छ,’ विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भने ।

उनले सार्वजनिक गरेको तथ्य तथा विवरणहरु खाद्य तथा कृषि संगठन, युनिसेफ र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा तयार परेका हुन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : २३ बजे

पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं– केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव 

काठमाडौं– वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक