सुकरातको एक प्रेरक प्रसङ्ग « Khabarhub

सुकरातको एक प्रेरक प्रसङ्ग


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दार्शनिक सुकरातको घरमा बिहानदेखि साँझसम्म सत्सङ्गका लागि ताँती लागिरहन्थ्यो ।

सुकरातकी पत्नी कर्कश स्वभावकी थिइन् । उनी बेकारका मानिसले आफ्नो घरमा अड्डा जमाएका छन् भन्ने सोच्थिन् । बेला बेलामा सुकरातसँग रुखो व्यवहार गर्थिन् । यो कुराले सुकरातलाई दुःख लाग्थ्यो ।

एक दिन सुकरात मानिसहरुको माझमा बसेर कुरा गरिरहेका थिए । त्यसै बेला उनकी पत्नीले छतबाट उनीहरुमाथि फोहोर पानी फ्याँकिदिइन् । यतिले मात्र नपुगेर उनीहरुलाई नालायक भनेर गाली पनि गरिन् ।

उपस्थितहरुलाई आफ्नो अपमान भएको अनुभव भयो । सुकरातलाई पनि पत्नीको यो व्यवहार नराम्रो लाग्यो । तर उनले उपस्थितहरुलाई अत्यन्तै धैर्यसँग भने— ‘तपाईंहरु सबैले सुन्नुभएकै होला, जुन गर्जिन्छ त्यो बर्सिन्न । तर आज मेरी पत्नीले गर्जिने र बर्सिने सँगसँगै गरेर उपरोक्त भनाइलाई झुटो बनाइदिइन् ।’

सुकरातको विनोदले भरिएका यी शब्द सुन्ने बित्तिकै तमाम मानिसको क्रोध शान्त भयो । उनी पुनः सत्सङ्गमा लिप्त भए ।

सुकरातको धैर्य देखेर उनकी पत्नी चकित भइन् । त्यसै दिनदेखि उनले आफ्नो स्वभाव बदलिन् र आउने मानिसहरुको सत्कार गर्न थालिन् ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ३० बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी