सुकरातको एक प्रेरक प्रसङ्ग « Khabarhub

सुकरातको एक प्रेरक प्रसङ्ग


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दार्शनिक सुकरातको घरमा बिहानदेखि साँझसम्म सत्सङ्गका लागि ताँती लागिरहन्थ्यो ।

सुकरातकी पत्नी कर्कश स्वभावकी थिइन् । उनी बेकारका मानिसले आफ्नो घरमा अड्डा जमाएका छन् भन्ने सोच्थिन् । बेला बेलामा सुकरातसँग रुखो व्यवहार गर्थिन् । यो कुराले सुकरातलाई दुःख लाग्थ्यो ।

एक दिन सुकरात मानिसहरुको माझमा बसेर कुरा गरिरहेका थिए । त्यसै बेला उनकी पत्नीले छतबाट उनीहरुमाथि फोहोर पानी फ्याँकिदिइन् । यतिले मात्र नपुगेर उनीहरुलाई नालायक भनेर गाली पनि गरिन् ।

उपस्थितहरुलाई आफ्नो अपमान भएको अनुभव भयो । सुकरातलाई पनि पत्नीको यो व्यवहार नराम्रो लाग्यो । तर उनले उपस्थितहरुलाई अत्यन्तै धैर्यसँग भने— ‘तपाईंहरु सबैले सुन्नुभएकै होला, जुन गर्जिन्छ त्यो बर्सिन्न । तर आज मेरी पत्नीले गर्जिने र बर्सिने सँगसँगै गरेर उपरोक्त भनाइलाई झुटो बनाइदिइन् ।’

सुकरातको विनोदले भरिएका यी शब्द सुन्ने बित्तिकै तमाम मानिसको क्रोध शान्त भयो । उनी पुनः सत्सङ्गमा लिप्त भए ।

सुकरातको धैर्य देखेर उनकी पत्नी चकित भइन् । त्यसै दिनदेखि उनले आफ्नो स्वभाव बदलिन् र आउने मानिसहरुको सत्कार गर्न थालिन् ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ३० बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश