जसपा र माओवादी केन्द्रका नेताबीच पेरिसडाँडामा छलफल | Khabarhub Khabarhub

जसपा र माओवादी केन्द्रका नेताबीच पेरिसडाँडामा छलफल


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेता बीचको छलफल शुरू भएको छ ।

छलफल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायत पेरिसडाँडा पुगेका हुन् । माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन् ।

जसपाले हिजो कांग्रेससँग छलफल गरेको थियो । जसपाले तीन दल मिलेर केपी ओली नेतृत्व सरकारको विकल्प दिनुपर्ने प्रस्ताव कांग्रेससमक्ष राखेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हिजो साँझ कांग्रेस र जसपाका शीर्ष नेताहरुको छलफलमा वर्तमान सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अगाडि बढ्नु पर्ने प्रस्ताव आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ११ : २२ बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार