विवाह हुन नसकेपछि अलग्गिए जेनिफर र एलेक्स « Khabarhub

विवाह हुन नसकेपछि अलग्गिए जेनिफर र एलेक्स


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– अमेरिकी अभिनेत्री तथा गायिका जेनिफर लोपेजले दुई वर्षसम्मको आफ्नो प्रेम सम्बन्धलाई टुंग्याएकी छन् । बेसबल खेलाडी एलेक्स रोड्रिग्वेजसँगको दुई वर्ष अफेयरलाई उनले अन्त्य गरेकी हुन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार यो जोडी सन् २०१७ देखि डेटिङमा थिए । एलेक्सले जेनिफरलाई सन् २०१९ मा विवाह गर्न प्रस्ताव गरेका थिए । तर कोभिड महामारीका कारण एलेक्सको योजना पुरा हुन सकेन ।

यो जोडीले दुई हप्ता अघि अलग्गिने निर्णय लिएका हुन् । विगत केही समय यता यो जोडीलाई सार्वजनिक कार्यक्रम नदेखिने गरेको सञ्चारमाध्यमले आफ्नो समाचारमा उल्लेख गरेका छन् ।

जेनिफरको नाम यसअघि क्रिस जड, मार्क एन्थोनी र बेन एफ्लेकसँग जोडिइसकेको छ । विवाहमा विश्वास राख्ने जेनिफरले एन्थोनीबाट दुई सन्तान म्याक्स र एमीलाई जन्म दिइसकेकी छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १२ : ०५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष