‘सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक’ « Khabarhub

‘सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक’


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले सुदूरपश्चिम प्रदेशका आर्थिक वृद्धिदर उत्साहजनक रहेको बताएका छन् ।

शुक्रबार खप्तड छेडेदह गाउँपालिकाको ‘एक घर, एक बैंक’ नमूना गाउँपालिका घोषणा कार्यक्रममा निर्देशक घिमिरेले तथ्याङ्कको हिसाबले जहाँ वित्तीय पहुँच र बैंकिङ पहुँच बढेको छ त्यहाँ तुलनात्मकरुपले आर्थिक वृद्धि बढेको बताए ।

विगतको तथ्याङ्कलाई हेर्दा आर्थिक वृद्धिदरमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशभन्दा एक तहले मात्र अगाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले पछिल्लो समयमा सरकारले लिएको लक्ष्यअनुसार राष्ट्र बैंकले नीति बनाएर कार्यान्वय गर्ने जानकारी दिए ।

प्रदेश कार्यकारी निर्देशक घिमिरेले आम्दानीबाट बचत गर्ने र सोहीबाट बचेको रकमलाई खर्च गरेमा बचत वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । वित्तीय बैंकको पहुँचका कारण सुदूरपश्चिम प्रदेशमा आर्थिक वृद्धिदरसमेत बढ्दै गएको निर्देशक घिमिरेले जानकारी दिए ।

आर्थिक वृद्धिका लागि बैंक ग्रामीण भेगमा पुग्नु र बैंकमा खाता खोल्नु अत्यावश्यक भएको घिमिरेको भनाइ छ । उनले गाउँपालिकामा वित्तीय बैंक सञ्चालन भएपछि गाउँका नागरिकले बैंक बचतका सिकाउनु नपर्ने हुँदा खुशी व्यक्त गरे ।

गाउँपालिकाको आयोजनामा गरिएको ‘एक घर, एक बैंक खाता’ सञ्चालन नमूना घोषणा कार्यक्रममा निर्देशक घिमिरेले देशमा राजनीतिक दललेसमेत आर्थिक मुद्दालाई विशेष प्राथमिकता राख्दै आएको उल्लेख गर्दै भौगोलिक विकट भए पनि आर्थिकरुपमा अघि बढाउन गाउँपालिकामा भएका जैविक विविधताका सम्भावनालाई प्रयोग गरी आम्दानीको स्रोत बनाउनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले सो कार्यक्रम सञ्चालनका लागि गरिएको अभियानमा सहयोग गर्ने निकायलाई धन्यवाद दिए ।

उनले गाउँपालिकाका सातवटै वडाका स्थानीयलाई बचत गर्दा हुने फाइदा र बचतले गर्दा पाउने सेवासुविधाको सचेतनापछि एक घर एक बैंक खाता नमूना गाउँपालिका घोषणा गर्न सफल भएको बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले घरघरमा बैंक खाता सञ्चालन भएकाले सरकारले लिएको नीति अवलम्बन गरिएको बताए । उनले सरकारले लिएको नीतिअनुसार बैंक खाता खोलेर बचत गर्ने कार्य अघि बढाइनु प्रशंसनीय कार्य भएको प्रजिअ गैह्रले बताए ।

विद्यालयका सांस्कृति कार्यक्रम, वडाका महिलाद्वारा देउडा, स्थानीय पर्व भुवाचालीलगायत प्रदर्शन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  २ : ५० बजे

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र