चैत ७ गतेको बैठकमा एमालेका सबै नेताहरूलाई बोलाएका छौँ : मन्त्री ढकाल « Khabarhub

चैत ७ गतेको बैठकमा एमालेका सबै नेताहरूलाई बोलाएका छौँ : मन्त्री ढकाल


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– संस्कृति, नागरिक उड्डयन र पर्यटन मन्त्री भानुभक्त ढकालले आगामी चैत्र ७ गते तय भएको केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका सबै नेताहरूलाई बोलाइएको जानकारी दिएका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका मन्त्री ढकालले शुक्रबारको बैठकमा छुटेका सबै नेताहरूलाई बोलाइएको बताएका हुन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा एमालेका अगुवा नेता–कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ढकालले भने, ‘उहाँहरु बैठकमा भाग लिन आउनुहुन्छ, आउनुहुन्न त्यो उहाँहरुको कुरा हो । शुक्रबार पद भन्दा पनि इमान भएका पूर्व माओवादी केन्द्रका व्यक्तिहरूलाई सम्मान गरिएको हो । इमान्दार नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको हो।’

इमानलाई छोड्दैनौँ भन्ने व्यक्तिहरु आफूहरूसँग आएको उनले दाबी गरे ।

‘अफ्ठ्यारो त छ नै । हिजो पूर्वमाओवादीबाट सांसद बन्नुभएका साथीहरूले सांसद पदबाट राजीनामा दिनुपर्ला । तर, इमान्दारिता ठूलो की पद भन्ने कुरा हो ?’ उनले भने ।

शुक्रबारको बैठकबाट विधान संशोधन गरेको र महाधिवेशन आयोजक कमिटी बनेको खण्डमा अध्यक्ष र महासचिव मात्रै राख्ने व्यवस्था गरिएको पनि ढकालले बताए ।

उनले माधव नेपाल, झलनाथ खनाल लगायतलाई व्यङ्ग्य गर्दै एमाले सम्झिरहनेहरूको पद केही नगरेको बताए ।

माधव नेपाल पक्षका नेता कार्यकर्तालाई ज्वरो आएको र एक सातामा ज्वरो सेलाएपछि पार्टी बैठकमा आउने र पार्टी काममा लाग्ने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ३५ बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६