नेपालका कम्युनिस्ट पार्टीविरुद्ध लड्ने बेला आयो : देउवा « Khabarhub

नेपालका कम्युनिस्ट पार्टीविरुद्ध लड्ने बेला आयो : देउवा


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।

आज नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालका कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको आरोप लगाए ।

सभापति देउवाले प्रजातन्त्रलाई स्थायी बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको भन्दै अब कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताए ।

कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले । पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ । प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै देउवाले परिस्थिति आइपर्‍यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताएका छन् । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ५६ बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६