अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जना मारिए | Khabarhub Khabarhub

अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जना मारिए


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेरात– पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् ।

सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको छ ।

हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त भएका छन् ।

मृत्यु हुनेहरुमा महिला, बालबालिका र सुरक्षाकर्मी रहेको प्रवक्ता फरहादले बताए । उनले बम बिस्फोटबाट ४७ जना घाइते भएका र उनीहरुको हेरातका अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिए ।

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले हेरातमा भएको बिस्फोटसँग आफ्नो समूहको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

तर, तालिबानका लडाकूहरु यस राज्यमा निकै सक्रिय छन् र हालैका दिनहरुमा उनीहरुले सुरक्षाफौजलाई लक्षित गरी धेरैवटा हमला गरिसकेका छन् ।

राष्ट्रपति अश्रफ घानीले हेरात बिस्फोटका लागि तालिबान दोषी रहेको बताएका छन् । राष्ट्रपति घानीले एक वक्तव्य प्रकाशन गरी तालिबान समूहले आफ्नै जनतामाथिको अवैधानिक युद्धलाई निरन्तरता दिइरहेको र उनीहरुले वर्तमान सङ्कटको शान्तिपूर्ण समाधानका लागि पहल नगरेको उल्लेख गरेका छन् ।

हालैका महिनाहरुमा अफगानिस्तानमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् । सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि तालिबान समूहले पत्रकार, अधिकारवादीहरु र सरकारी कर्मचारी, वकील लगायतलाई लक्षित गरी आक्रमण गरिरहेका छन् ।

गत शुक्रबार, राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानमा नागरिक–लक्षित आक्रमणलाई लिएर कडा शब्दमा निन्दा एवं भर्त्सना गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबान र अमेरिकाबीच भएको सम्झौताको समीक्षा गरिरहेको बताउँदै आएका छन् ।

–एएफपी

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ४८ बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट