कञ्चनुपरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार | Khabarhub Khabarhub

कञ्चनुपरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा १४ वर्षीय एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको पुनर्वास नगरपालिका २ की किशोरीमाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ कलम किन्न पसल जाने क्रममा उनी अपहरणमा परेकी थिइन् । अपहरणमा परेकी ती किशोरीलाई प्रहरीले राति ११ बजे फेला पारेको थियो ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका ३ जना युवाले आफूलाई अपहरण गरी अज्ञात स्थलमा लगेर बलात्कार गरेको किशोरीले बताएकी छिन् । उनीहरुले ती किशोरीलाई मध्यरातमा सोही ठाउँमा छोडेर भागेका थिए ।

किशोरीले आफूमाथि सामुहिक बलात्कार भएको बताएपछि प्रहरीले यसबारेमा थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ०१ बजे

सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार

काठमाडौँ– अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन्

कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन

बैतडी– कारागारमा आगजनी गरेर फरार रहेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन

अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीसँग सम्पर्क गर्दै जेन-जी

काठमाडौँ- जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने

प्रवक्ता महतद्वारा कांग्रेस सभापतिगायत नेतामाथि भएको आक्रमणको निन्दा

काठमाडौं– नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको