एमाले विभाजनतर्फ गएको माधव नेपाल पक्षको निष्कर्ष | Khabarhub Khabarhub

एमाले विभाजनतर्फ गएको माधव नेपाल पक्षको निष्कर्ष


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ ।

पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र यो बीचमा पार्टी अध्यक्ष ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ ।

शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

छलफलका क्रममा नेपाल पक्षका सांसदसहित केन्द्रीय सदस्यहरुले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरू तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने धारणा राखेका थिए । बैठकले ओलीले शुक्रबार एकपक्षीय रुपमा प्रदेश संयोजक तोकेपछि समानान्तर कमिटी गठन गरेको छ ।

जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : ३० बजे

चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प : टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं– टाटा मोटर्सले देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका घटनाबाट क्षति

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर– शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा

जहाजको अधिकतम भाडा नलिने भन्दै वायुसेवा सञ्चालकले झुक्याए, झुटो प्रचार गर्दै मन्त्री

काठमाडौं- वायुसेवा सञ्चालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै सरकार