एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलमा भएको सहमति अनुमोदनको तयारी « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलमा भएको सहमति अनुमोदनको तयारी

नेपाल-खनाल समूह आन्तरिक छलफलमा


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे डाकिएको बैठकमा कार्यदलमा भएको १० बुँदे सहमति अनुमोदनको तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेपाल-खनाल समूह पनि सहभागी हुने आजकै बैठकले केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने तामाङले बताए । यसअघि सोमबार साँझ बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा नेपाल खनाल-नेपाल समूहका नेता भीम रावल पनि सहभागी भएका थिए । कार्यदलले सोमबार अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई सहमतिको दस्ताबेज बुझाएको छ।

संस्थापन पक्षले आजको बैठकमा सबै सहभागी हुने दाबी गरे पनि नेपाल-खनाल समूह भने आन्तरिक परामर्शमा छ । आन्तरिक छलफलपछि सो समूहले के गर्ने भन्ने निर्णय लिनेछ । तथापि गठबन्धनको सोमबारको बैठकमा नेता नेपालले आफू अब गठबन्धनमा नरहने बताएकाले उनीसहितका नेताहरु बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ५६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना