इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्या आरोपमा असई पक्राउ « Khabarhub

इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्या आरोपमा असई पक्राउ


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्यामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् ।

कार्यालय सहयोगी पराजुली सोमबार कार्यालय परिसरमै मृत भेटिएकी थिइन् । पक्राउ परेका असई युवराज बानियाँ इलाम इजलासका न्यायाधीश शिवनारायण यादवका सुरक्षागार्ड हुन् ।

यादवकै क्वाटरमा विवाद भएपछि बानियाँले पराजुलीको हत्या गरेको देखिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बनियाँले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

आइतबार साँझ भेटघाटका क्रममा विवाद भएपछि असई बानियाँले पराजुलीको घाँटी थिचेर हत्या गरेको देखिएको छ । हत्या पछि शव झाडीमा फालेको अवस्थामा फेला परेको थियो ।

घटनामा संलग्न देखिएपछि प्रहरीले उनलाई सोमबार राति नै प्रक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । बानियाँ र पराजुलीबीच अवैध सम्बन्ध रहेको पनि अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक महिलाले लगाएको करीब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ । घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि सङ्घीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमलादेवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत थिइन् । अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । यसका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

महिलाको शारीरिक परीक्षण गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ५ : १५ बजे

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी