कुवेतमा चर्को घाममा काम गर्ने १३ जना पक्राउ « Khabarhub

कुवेतमा चर्को घाममा काम गर्ने १३ जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कुवेतमा चर्को घाममा काम गर्ने १३ विदेशी श्रमिक पक्राउ परेका छन् ।

कुवेतस्थित पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को फरवानीया गभर्नरोरेटका पेशागत सुरक्षा विभागका प्रमुख अहमद दश्तीका अनुसार निरीक्षणको क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए ।

पीएएमको टोलीले तीन वटा साइटहरुमा निरीक्षण गर्दा नियम उल्ल्घन गर्ने कम्पनीहरुलाई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ ।

जसमा विभागले निरीक्षण गर्दा १३ जना कामदारले कानून उल्लंघन गरेको विभागका प्रमुख अहमद दश्तीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।
यसअघि पनि विभिन्न साइटहरूको निरीक्षण गर्दा २८१ कम्पनीलाई कारबाही र नियम उलङ्घन गर्ने ४३९ कामदारलाई पक्राउ गरेको थियो ।

रोजगारदाताहरुलाई कामदारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने र कानुनी उत्तरदायित्वबाट टाढा रहन निर्णयको पालना गर्न पीएएमले पटक पटक आग्रह गर्दै आएको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतमा पनि धेरै नेपाली निर्माण क्षेत्रमा कार्यरत रहेको पाइन्छ ।

तस्वीर : कुवेत न्युज एजेन्सी

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ३१ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।