तालिबानको कब्जापछि पहिलो पटक काबुल पुग्यो अन्तर्राष्ट्रिय उडानको विमान « Khabarhub

तालिबानको कब्जापछि पहिलो पटक काबुल पुग्यो अन्तर्राष्ट्रिय उडानको विमान


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– दक्षिण एसियाली मुलुक अफगानिस्तानमा तालिबानको कब्जापछि सोमबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायिक उडानको विमान अवतरण गरेको छ ।

कतारी सञ्चार माध्यम अल जजिराले पाकिस्तन एयरलाइन्सको व्यवसायिक उडानको विमान काबुल विमानस्थल पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले पनि पाकिस्तान एयरलाइन्सको विमान काबुल पुगेको जनाएको छ ।

गत १५ अगस्टमा तालिबानले काबुल कब्जामा लिएपछि ३१ अगस्टसम्म काबुल अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो । अमेरिकी सेना फर्किएपछि विमानस्थल तालिबानको कब्जामा छ ।

विमानस्थल तालिबानको कब्जा गएपछि पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायकि उडान भएको हो । सोमबार पाकिस्तानबाट १० जना यात्रु लिएर सो विमान काबुल विमानस्थलमा अवतरण गरेको छ । एजेन्सी

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : ३० बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा