तालिबानको कब्जापछि पहिलो पटक काबुल पुग्यो अन्तर्राष्ट्रिय उडानको विमान « Khabarhub

तालिबानको कब्जापछि पहिलो पटक काबुल पुग्यो अन्तर्राष्ट्रिय उडानको विमान


२८ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– दक्षिण एसियाली मुलुक अफगानिस्तानमा तालिबानको कब्जापछि सोमबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायिक उडानको विमान अवतरण गरेको छ ।

कतारी सञ्चार माध्यम अल जजिराले पाकिस्तन एयरलाइन्सको व्यवसायिक उडानको विमान काबुल विमानस्थल पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले पनि पाकिस्तान एयरलाइन्सको विमान काबुल पुगेको जनाएको छ ।

गत १५ अगस्टमा तालिबानले काबुल कब्जामा लिएपछि ३१ अगस्टसम्म काबुल अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो । अमेरिकी सेना फर्किएपछि विमानस्थल तालिबानको कब्जामा छ ।

विमानस्थल तालिबानको कब्जा गएपछि पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायकि उडान भएको हो । सोमबार पाकिस्तानबाट १० जना यात्रु लिएर सो विमान काबुल विमानस्थलमा अवतरण गरेको छ । एजेन्सी

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १ : ३० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको