अमेरिकाद्वारा नेपाललाई २३१ रनको विजयी लक्ष्य « Khabarhub

अमेरिकाद्वारा नेपाललाई २३१ रनको विजयी लक्ष्य


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिकाले नेपालसमक्ष २३१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकटको क्षतिमा २३० रन बनाएको हो ।

अमेरिकाका लागि मोनांक पटेलले शतक प्रहार गरे । उनले ११४ बल खेल्दै शतक बनाएका हुन् ।

नेपालका लागि सुशान्त भारीले १० ओभरमा ३१ रन दिएर २ विकेट लिन सफल भए । यसैगरी लेग स्पीनर सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै २ विकेट लिए ।

नेपालका अर्का खेलाडी विक्रम शोबले ६ ओभर बलिङ गर्दै ३३ रन दिएर २ विकेट लिए । अर्का खेलाडी कुशल मल्लले एक विकेट लिन सफल भए ।

केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ४८ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ