ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडियो « Khabarhub

ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडियो


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँका लागि काठमाडौँ ल्याउँदा ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिएका छन् । क्लिन नेपालका सञ्चालक पदम थापा भन्छन्, ‘ हिजो बजारबाट खवर आएपछि ७ वटा लगेर गाड्यौँ । आज विहानै ८ वटा ल्याएर गाड्ने क्रममा छन् ।’

थापाकाअनुसार गएको बर्ष कोविडका कारण बजारमा खासै चहलपहल भएन । ०७६ सालमा भने मरेका भेडा, च्याङ्ग्रा, खसी, बोका गरेर करीव ५० वटा जति मरेका चौपाया गाडिएको थियो ।

हामीलाई कलंकीबाट चाहिँ खवर आउँछ । अरुतिर पनि खसी बजार छन् । ती बजारबाट चाहिँ खवर आएको छैन । थापा भन्छन्, ‘खवर आउनेवित्तिकै हामीले टोली पठाएर मृत चौपाया उठाएर गाड्न ल्याउने गरेका छौँ ।’

काठमाडौँ महानगरपालिकाले स्वच्छ मासुका लागि चौपाया बजारमा ल्याइएका खसी बोका, भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिरहेको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन गरिरहेको हो ।

परीक्षण गरिएकामध्ये निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउने गरिएको छ । रातो रङ्ग लगाइएका चौपायाहरु उपचारपछि विक्री योग्य हुन्छन् । महानगरका वरिष्ठ पशु चिकित्सक डा. अवधेश झा भन्छन्, बजारमा भेटिएका मृत चौपायाहरु रोगले मरेका होइनन् । ढुवानीका क्रममा च्यापिएर मरेका हुन् । जुनसुकै कारणले मरे पनि मृत चौपाया खान योग्य हुँदैनन् । त्यसैले यिनीहरुलाई गाड्ने गरिएको छ ।

नवमीसम्म चौपायाको विक्री धेरै हुने गरेको छ । कलंकी खसी बजारभित्रबाट मात्र होइन, वाहिर सडक किनाराबाट पनि व्यापारीहरुले चौपाया बेचिरहेका छन् । काठमाडौँ चौपाया खरिद विक्री प्रा. लि. का सञ्चालक व्यवस्थापक जीवन खतिवडा भन्छन्, सडकमा चौपाया विक्री रोक्नु पर्छ । यसले बजार व्यवस्थापनमा सघाउँछ ।

महानगरभित्रका दशैँ लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन गरिएका छन् ।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरी (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १ : ४७ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक